काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ९ जना मृत अवस्थामा फेला परेका छन् ।
हुम्ला, खार्पुनाथ गाउँपालिका-३ राय बस्ने लोकेन्द्र रोकायको छोरा २ वर्षीय सरत रोकाय सोही ठाउँस्थित चाराङ्गा खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् । गत कात्तिक १४ गते दिउँसो घर आगनमा खेलिरहेको अवस्थामा हराई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खार्पुनाथमाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको हो ।
स्याङजा, गल्याङ नगरपालिका-३ तल्लो गल्याङ खेलमैदानस्थित आंधीखोलाको किनारमा पाल्पा रिद्धीकोट गाउँपालिका-२ घर भई स्याङ्जा गल्याङ नगरपालिका-३ गल्याङ बजार फोटो स्टुडियो संचालन गरी बस्ने ५४ वर्षीया सुशिला कुँवर बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
बर्दिया, बांसगढी नगरपालिका-६ दमौली बस्ने ४३ वर्षीय कृष्ण बहादुर बिक आफ्नै घर अगाडि आँगनमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
धादिङ, निलकण्ठ नगरपालिका-५ गौरिगाउँस्थित चिप्लेटी ढुंगा अर्चलेटार सिँचाइ पानी नभएको कुलोमा नुवाकोट तार्केश्वर गाउँपालिका-२ बस्ने ६० वर्षीय सेते सार्की बुधबार मृत अवस्थामा फेला परेका छन् ।
नुवाकोट, बिदुर नगरपालिका-४ बट्टार बस्ने २८ वर्षीया संगिता मिजार आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
सिराहा, लहान नगरपालिका-३ स्थित खेतमा सोही नगरपालिका-४ बस्ने १८ वर्षीय इबरान अन्सारी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
बाँके, नेपालगंज उपमहानगरपालिका-८ त्रिभुवनचोक नजिक सडक छेउमा सोही उपमहानगरपालिका-११ भवानी बगिया बस्ने ५० वर्षीय शम्भु दयाल बैश्य बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी, इटहरी उपमहानगरपालिका-२ रोयल रिसोर्ट नजिकै बस्ने ६० वर्षीय टंक उप्रेती आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
मुस्ताङ, लोघेकर दामोदरकुण्ड गाउँपालिका-३ घिलिङस्थित तामा खोला किनारमा सोही गाउँपालिका-२ धाकमार बस्ने ७५ वर्षीय ताक्ला गुरूङ बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।