२७ कात्तिक, धनगढी । कैलालीमा एक महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २५ वर्षीय सुनिल मिश्री , ३७ वर्षीय लाली चौधरी र ३० वर्षीय एक महिला रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराले जानकारी दिए ।

प्रहरीले पक्राउ परेकी महिलाको परिचय खुलाएको छैन । डीएसपी बोहोराका अनुसार उनीहरुले टीकापुर नगरपालिका–९ कालाकुण्डामा १४ वर्षीया एक बालिकालाई बोक्सी लागेको भन्दै ५५ वर्षीया एक महिलामाथि अमानवीय व्यवहार भएको थियो ।

प्रहरीका अनुसार १४ वर्षीया ती बालिका बिरामी भएपछि झारफुकका लागि माता भनिने सुनिल मिश्रीको घरमा लगिएको थियो । त्यहीक्रममा ती बालिकालाई उनकै ठूलीआमा बोक्सी लागेको आरोप लगाउँदै सुनिल मिस्त्रीले अमानवीय व्यवहार गरेका थिए ।

ती महिलाले आफूमाथि बोक्सीको आरोपमा झाक्रीसहितका तीन जनाले अमानवीय व्यवहार गरेको उजुरी आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अहिले तीनै जनालाई नियन्त्रणमा राखेर इलाका प्रहरी कार्यालय टीकापुरले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0