२९ कात्तिक, काठमाडौं । एक जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको दुर्घटनामा पक्राउ परेका झाँक्री प्रकाश भुजेलको सवारी चालक अनुमति पत्र (लाइसेन्स)माथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

दुर्घटनापछि बुधबार दिउँसो जोरपाटी क्षेत्रबाट पक्राउ परेका भुजेलको साथमा लाइसेन्स नभेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । झाँक्री अहिले प्रहरी वृत्त बौद्धको हिरासतमा छन् ।

साथमा लाइसेन्स नभएका झाँक्रीले घरमा रहेको दाबी गरेका छन् । प्रहरीले घरबाट लाइसेन्स मगाएको छ । ‘उनीसँग लाइसेन्स छ/छैन भन्ने यकिन हुन बाँकी नै छ । हामी अनुसन्धान गर्दैछौं’, प्रहरी वृत्त बौद्धका एक प्रहरी भन्छन् ।

भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले बुधबार दिउँसो शंखरापुरमा बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उक्त मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटीले चलाएका थिए । भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो ।

सो क्रममा मोटरसाइकल चालक नगरकोटीको मृत्यु भएको थियो भने उनकी श्रीमती किसानुमाया नगरकोटी घाइते भएकी थिइन् । उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0