काठमाडौँ–तराई द्रुतमार्गको निर्माणाधीन सुरुङ मार्ग हेटौंडा, ११ कात्तिकः काठमाडौँ–तराई द्रुतमार्गको मकवानपुरस्थित प्याकेज नम्बर दुई अन्तर्गत धेद्रे सुरुङ मार्ग । तस्बिरः अञ्जली थापा÷रासस काठमाडौँ–तराई द्रुतमार्गको निर्माणाधीन सुरुङ मार्ग हेटौंडा, ११ कात्तिकः काठमाडौँ–तराई द्रुतमार्गको मकवानपुरस्थित प्याकेज नम्बर दुई अन्तर्गत धेद्रे सुरुङ मार्ग । तस्बिरः अञ्जली थापा÷रासस

काठमाडौँ । नागढुङगा सडक आजदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रुपमा बन्द हुने भएको छ ।

नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ ।

सो आयोजनाले एक सूचना प्रकाशित गरी आजदेखि उक्त सडक आउँदो मङ्सिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रुपमा बन्द हुन जनाएको छ ।

उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख गरिएको छ ।

यसैगरी २०/२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ । सडक बन्द हुँदा वैकल्पिक सडक प्रयोग गर्नसमेत आयोजनाले सूचनामार्फत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0