२ मंसिर, काठमाडौं । जलवायु वित्तको माग गर्दै काठमाडौंसहित नेपालका विभिन्न १६ शहरमा प्रदर्शन गरिएको छ ।

अजरबैजानको बाकुमा जारी कोप–२९ मा विश्वका गरिब र जलवायु परिवर्तनको प्रभावबाट बढी जोखिममा रहेका देशहरूका निम्ति जलवायु क्षतिपूर्तिमा ५ खर्ब डलर माग गर्दै शनिबार विरोध प्रदर्शन गरिएको थियो । बाकुमा भएको प्रदर्शनको समर्थनमा नेपालमा पनि जलवायु अभियन्ताहरुले प्रदर्शन गरेका हुन् ।

शनिबार बिहान काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएर रत्नपार्कसम्म र्‍याली गरिएको थियो । र्‍यालीमा सहभागी जलवायु अभियन्ता विख्यात खत्रीले भने, ‘आज, हामी नेपाल जस्तो जलवायु सङ्कटबाट सबैभन्दा प्रभावित हुने देशहरूको न्यायको माग गर्दै र ग्लोबल नर्थको दोहोरो चरित्रको विरोधमा उभिएका छौँ ।’

काठमाडौँका साथै चितवन, ढल्केबर, विराटनगर, जनकपुर, पोखरा, लमजुङ, हेटौडा, बुटवल, धनगढी, धुलिखेल, धादिङ, झापा सप्तरी, सुर्खेत, र नेपालगञ्जमा पनि र्‍याली गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0