सन्दीपको प्रतिक्रिया : फैसलालाई सम्मान गरेर अगाडि बढ्छु

२ जेठ, काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् ।

उच्च अदालत, पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै सन्दीपलाई सफाइ दिएको छ । सफाइ पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीपले आफूलाई फसाएर दोषी करार गरिएको बताए ।

पहिलादेखि नै आफूले निर्दोष भएको जिकिर गरेको स्मरण गर्दै उनले भने, ‘धेरै तरिकाले फसाएर नभएको अपराधको दोषी करार गरिएको थियो । फाइनल्ली यहाँ आइपुगेका छौं ।’

जिल्ला अदालतको फैसलालाई सम्मान गरेको भन्दै उनले उच्च अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताए । आफूलाई साथ दिने सबैलाई धन्यवाद दिँदै सन्दीपले भने, ‘जति हुनसक्छ आगामी दिनमा प्रयास गर्नेछु, जहाँ मैले पुर्‍याएको थिएँ त्यसभन्दा पनि माथि पुर्‍याउन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *