३ मंसिर, काठमाडौं । चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार मृत्यु हुनेमा गोरखाको गण्डकी गाउँपालिका-६ की ४५ वर्षीया सीता प्रजा रहेकी छन् ।
चितवनको नारायणगढबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेटको ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको थियो ।
दुर्घटनापछि स्थानीयले आधा घण्टा बाटो अवरुद्ध पारेका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट आएको डीएसपी ज्ञानकुमार महतोको टोलीले अवरुद्ध बाटो खुलाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1