७ मंसिर, काठमाडौं। धरहरा ९ मंसिरदेखि पुनः सञ्‍चालनमा आउने भएको छ ।

मन्त्रिपरिषद्‍को बैठकले धरहरा सञ्‍चालन नहुँदासम्‍म अन्तरिम रूपमा शुल्क लिएर धरहरा सञ्‍चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा १० वर्ष मुनिका बालबालिका, विद्यार्थी, ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई छुट दिने निर्णय समेत भएको छ ।

संविधान दिवसका अवसरमा सर्वसाधारणका लागि खोलिएको धरहराको टुप्पो पुर्‍याउने लिफ्ट दुई महिनामै बिग्रिएको थियो ।

विनातयारी सरकारको १ सय दिनको काम देखाउने हतारोमा चलाइएको धरहरा लिफ्ट बिग्रेर पछिल्लो दुई महिना बन्द रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0