१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिनु पर्‍यो भनि आग्रह गरिरहेको सुनाएका छन् ।

कीर्तिपुरमा विहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘अहिले भर्खर प्रचण्डले माथि आएर बोलेर जानुभएछ । यो यो कारणले सरकार बदलियो भनेर जानुभयो । अहिले पनि प्रचण्डले हप्तामा एकपटक कांग्रेसलाई खबर पठाउनु हुन्छ । लौन प्रधानमन्त्री बनिदिनु पर्‍यो भनेर ।’

कांग्रेस संसदको ठूलो दल भएको प्रधानमन्त्री बन्ने तागत रहेको तर देशलाई समाल्न कांग्रेस प्रधानमन्त्री नबनेको उनले दाबी गरे ।

वर्तमान सरकारलाई आगामी निर्वाचनसम्म पुर्‍याउनका कांग्रेस प्रतिबद्ध रहेको उनले बताए । ‘केपी ओली सँगसँगै सरकारमा छौं । इमान्दारितापूर्वक यो सरकारलाई तीन वर्ष लैजान चाहन्छौं । सरकार तलमाथि गर्ने काम गर्न चाहन्नौं ।’

सबै खालका प्रवृत्तिसँग कांग्रेस लड्ने महामन्त्री थापाले बताए । ठग जुन दलको भए पनि कारबाही गर्नेमा कांग्रेस रहेको जिकिर थियो ।

‘त्यो ठग एमाले, माओवादी, कांग्रेस होस् वा नयाँ पुरानो जो होस्’ उनले भने, ‘त्यो सहकारी ठग्ने मान्छे होस् कि मान्छेलाई झुक्याएर विदेश लाने होस् । जतिसुकै शक्तिशाली होस् । जुनसुकै पार्टीको होस् । आज बच्ला, भोलि बच्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0