जापान । गैरआवसीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. बद्री केसीले संघले विदेशमा सरकारको दूतको रुपमा नेपालीहरुलाई सहयोग पुर्‍याइरहेको बताएका छन् ।

जापानको राजधानी टोकियोमा आयोजित १४ औं नेपाल फेस्टिवल २०२४ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष डा. केसीले हाल ८७ देशमा संगठित एनआरएनएले दूतावास नभएको देशमा सरकारको दुतको रूपमा एनआरएनएले काम गरिरहेको बताए ।

सीले गैरआवासीय नेपाली नागरिकताको प्राप्तिसँगै अब नेपालमा सानादेखि ठूला लगानी गर्न पनि निर्देशिका बनिसकेको जिकिर गरे । विदेशीलाई जसरी नभई नेपाली नागरिक सरह लगानी गर्न पाउने वातावरण मिलाउन थप कानुन बनिरहेको जानकारी गराउँदै उनले विदेशमा बस्ने नेपालीले रेमिट्यान्स मात्रै होइन अब लगानी पनि भित्र्याउन सक्ने उल्लेख गरे ।
‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औं नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ नोभेम्बर ३० र डिसेम्बर १ मा टोकियोको नाकानो सिकिनोमोरी पार्कमा फेस्टिवल आयोजना गरिएको हो ।

नेपाल फेस्टिवल २०२४ एनआरएनए जापान, जापानका लागि नेपाली राजदूतावास र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा गरिएको एनआरएनए जापानका अध्यक्ष नवीन निउरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0