१८ वैशाख, काठमाडौं । बीबीसीले अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि विश्वका प्रेरक र प्रतिभाशाली १०० महिलाको सूची सार्वजनिक गरेको छ । यो सूचीमा यस वर्ष नेपालकी शिलशिला आचार्य पनि परेकी छन् ।

शिलशिलालाई गत वर्ष अनलाइनखबर डटकमले ५० प्रतिशाली महिलाको सूचीमा सूचीकृत गरेको थियो ।

बीबीसीले पर्यावरण संरक्षण, सँस्कृति एवम् शिक्षा, मनोरञ्जन तथा खेल, राजनीति र वकालत तथा विज्ञान, स्वास्थ्य एवम् प्रविधि क्षेत्रका महिलाहरूको सूची सार्वजनिक गरेको हो ।

१०० महिलाको सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराद, रेप सर्भाइभर एवम् अभियन्ता गिसेले पेलिकोट, अभित्रेनी श्यारोन स्टोन, ओलम्पियन एथलेटिक खेलाडी रेबेका एन्ड्राडे र एलिसन फेलिक्स, गायीका रायी, भिजुअल आर्टिस्ट ट्रेसी एमिन, वातावरण अभियन्ता एडिनिके ओलाडुसु र लेखिका क्रिस्टियाना रेभेरा गार्जा लगायत छन् ।

यही सूचीमा वातावरण क्षेत्रमा क्रियाशील बागलुङकी शिलशिला आचार्य पनि परेकी हुन् ।

यसैगरी भारतकी फोटोग्राफर आरती राव, बौद्ध भिक्षुणी जेत्सुन्मा तेन्जिङ पाल्मो, बंगलादेशकी जलनपीडित अभियानकर्ता जन्नतुल फिर्दौस लगायत छन् ।

बीबीसीले दिल्ली सामूहिक बलात्कारको घटनापछि सन् २०१३ देखि यो प्रभावशाली र प्ररेक १०० महिलाको सूची सार्वजनिक गर्न सुरु गरेको थियो ।

यो सूचीमा सन् २०२३ मा नेपालकी ‘पारलिंगी महिला’ (ट्रान्सजेन्डर वुमन) रुक्शाना कपाली पनि परेकी थिइन् ।

यसैगरी सन् २०२० मा नेपालकी सपना रोकामगर पनि बीबीसीको १०० महिलाको सूचीमा परेकी थिइन् । सपना बेवारिसे शव व्यवस्थापनमा क्रियाशील थिइन् ।

यसैगरी छुवाछुतविरुद्ध सक्रिय उमा बादी, आरोही लाक्पा शेर्पा र पूर्वकुमारीहरूको सहयोगका लागि सक्रिय चनिरा बज्राचार्य लगायत पनि परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0