गुल्मीको रूरूक्षेत्र गाउँपालिकाले ३५८ बोट बरपिपल रोप्ने

४ असार, गुल्मी । गुल्मी जिल्लाको रूरूक्षेत्र गाउँपालिकाले ३५८ बोट बरपिपल रोप्ने भएको छ । गाउँपालिकाले टोल विकास संस्था मार्फत बरपिपल रोपण गर्न लागेको हो ।

गाउँपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत नै वरपिपल रोप्न लागिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।

पछिल्लो समय सडक विस्तार र विभिन्न कारणले बरपिपल मासिँदै गएका छन् । पर्यावरणीय हिसाबले पनि पिपलको महत्वपूर्ण मानिन्छ । पालिकाले गएको भदौ १९ गते गाउँ कार्यपालिकाको निर्णय बमोजिम वडानम्बर- १ मा १०८ बोट र अन्य ५ वटा वडाहरुमा ५० बोटका दरले बरपिपल रोप्ने निर्णय गरेको थियो ।

विरुवा रोप्न गाउँपालिकाले टोल विकास संस्थालाई सम्झौता गर्न आग्रह गरेको छ । बरपिपल रोप्नका लागि प्रतिबोट खर्च २ हजार रकम विनियोजन भएको प्रशासकीय अधिकृत पाण्डेले बताए ।

विनियोजन भएको रकमबाट विरुवा र मल खरिद, उपयुक्त खाडल र संरक्षणको लागि फलामे जाली लगाउनु पर्ने गाउँपालिकाले जनाएको छ । रोपिएका विरुवाको संरक्षणको जिम्मेवारी सम्बन्धित टोल विकास संस्था रहने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *