२१ मंसिर, काठमाडौं । संसदीय अभ्यास सम्बन्धी अध्ययन तथा अवलोकनका लागि राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे नेतृत्वमा मलेसिया गएको १३ संसदीय संसदीय प्रतिनिधि मण्डल स्वदेश फिर्ता भएको छ ।

मलेसिया सरकारको निमन्त्रणामा वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरूको सात दिने अध्ययन तथा अवालेकन भ्रमण सम्पन्न गरेर संसदीय प्रतिनिधि मण्डल स्वदेश फर्केको हो ।

भ्रमणका क्रममा प्रतिनिधि मण्डलका नेता राष्ट्रि«य सभाका उपाध्यक्ष घिमिरेले मलेसियाको उपल्लो सदनका सिनेटका उपाध्यक्ष दतुक नूर याजलान बिन तान सेरी मोहम्मद तथा संसदीय समितिका प्रमुखहरू लगायतसँग भेट गरेका थिए ।

भेटका अवसरमा दुवै देशका संसदको सहकार्य बढाउनका लागि संसदीय मैत्री समुह गठन गरेर अगाडी बढ्ने र मलेसियामा कार्यरत नेपाली कामदारको सुरक्षा र रोजगारी लगायतका विषयमा छलफल भएको थियो ।

मलेसिया गएको संसदीय प्रतिनिधि मण्डलमा राष्ट्रिय उपाध्यक्ष घिमिरे, प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाह, कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्ट, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल र बागमती प्रदेशका सभामुख भुवनबहादुर पाठक रहेका थिए ।

यसैगरी लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाँड केसी, गण्डकी प्रदेशका उपसभामुख विनाकुमारी थापा, कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने, सुदूर पश्चिम प्रदेशका उपसभामुख कोइली देवी चौधरी, संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेय, सहसचिव बविता मिश्र र उपसचिव सुलोचना पंज्ञानी पनि प्रतिनिधि मण्डलमा सहभागी थिए ।

उपाध्यक्ष नेतृत्वको संसदीय प्रतिनिधी मण्डल अध्ययन, अवलोकन भ्रमणका लागि मंसिर १५ गते मलेसिया प्रस्थान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0