२१ मंसिर, दमक। तत्कालिन नेकपा (माओवादी) द्वारा सञ्चालित दश वर्षे जनयुद्धका दौरानमा राज्यद्वारा वेपत्ता पारिएका झापा दमकका योद्धा पुष्पराज बस्नेतको सम्झनामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

पुष्प-धीरेन्द्र स्मृति प्रतिष्ठानद्वारा दमक स्थित आफ्नै कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा स्थानीय रक्तदाताहरुले रक्तदान गरेका छन्।

झापा दमक–१ निवासी सहोदर दाजुभाइ पुष्पराज बस्नेत र धीरेन्द्र बस्नेतलाई वि.स.२०६० सालमा तत्कालीन शाही नेपाली सेनाले भैरवनाथगणवाट बेपत्ता पारेको थियो।

उनीहरु स्थानीय भीमबहादुर बस्नेत र चन्द्रकुमारी बस्नेतका क्रमशः माइला र कान्छा छोरा हुन्। आज मंसिर २१ गते पुष्पराज बस्नेतको ४७ औं जन्मदिनको अवसर पारेर रक्तदान कार्यक्रम राखिएको आयोजक पुष्प-धीरेन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर बस्नेतले जनाए।

राज्यद्वारा वेपत्ता पारिएका योद्धा पुष्पराज र धीरेन्द्र बस्नेतको स्मृति र सम्मानमा स्थापित प्रतिष्ठानले झापा दमकमा सिटिइभिटिसंगको साझेदारीमा गैरनाफामुलक वहुप्राविधिक शिक्षालय सञ्चालन गर्दै आएको छ।

शिक्षालयले सहिद तथा द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई पुर्ण नि:शुल्कताको छात्रवृत्ति प्रदान गर्ने गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0