२६ मंसिर, काठमाडौं । सस्तोदरमा अमेरिकी डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ३७ वर्षीय विक्रम श्रेष्ठ र सोही ठाउँका ५५ वर्षीय दिलबहादुर श्रेष्ठ छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरबाट पक्राउ गरेको हो ।
उनीहरूले १३ मंसिरमा भक्तपुरको चाँगुनारायण नगरपालिका-४ डि-गाउँस्थित एकान्त ठाउँमा डलर साट्ने भन्दै ठगी गरेको आरोप छ ।
उनीहरुले सस्तोदरमा अमेरिकी डलर साटिदिने भन्दै मिना तामाङ नाम गरेकी महिलाबाट ६ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ । उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1