४ पुस, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि १६ जनाभन्दा बढी प्रतिस्पर्धामा उत्रिएका छन् ।

गृह मन्त्रालय मातहत रहने प्राधिकरणको पहिलो सीईओ अनिल पोखरेलको पाँच वर्षे कार्यकाल पूरा भएपछि अहिले नयाँ सीईओका लागि प्रतिस्पर्धा हुन लागेको हो ।

प्रतिस्पर्धामा डा. राजु थापा, डा. मन्दीप सुवेदी, डा. धर्म उप्रेती, डा. सूर्यनारायण श्रेष्ठ, डा. बसन्त अधिकारी, डा. सुमन कर्ण, डा. गणेश जिमी र मधुसूदन गौतम प्रतिस्पर्धामा रहेको गृह मन्त्रालय स्रोतले बताएको छ ।

त्यसैगरी ज्वाला पाण्डेय, दिनेशप्रसाद भट्ट, लवप्रसाद जोशी, केशवराज जोशी, रामप्रसाद पौडेल, सहदेव चन्द, सञ्जय यादव र दीपकविक्रम थापा लगायत सीईओको प्रतिस्पर्धामा छन् ।

प्राधिकरणले बाढीपहिरो, भूकम्प, जलवायु परिवर्तन जस्ता प्राकृतिक प्रकोप तथा विपद् सम्भावित कारण र न्यूनीकरण उपायका विषयमा काम गर्दै आएको छ । यो प्राधिकरण २०७२ सालमा आएको विनाशकारी भूकम्पपपछि स्थापना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0