सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ सिएनएनको साहसी खेलाडीको सूचीमा पर्न सफल भएकी छिन्।

फोटो पत्रकारसमेत रहेकी पूर्णिमा सिएनएनको ‘द एक्स्ट्रिम एथलेट्स हु पुस्ट लिमिट इन २०२४’ को सूचीमा परेकी हुन्। विश्वप्रसिद्ध समाचार संस्था सिएनएनले यसवर्षको सूचीमा आफूलाई समेत चयन गरेकामा गौरवान्तित महसुस भएको आरोही श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्।

‘यो वर्ष, सन् २०२४ मेरो जीवनको एक ऐतिहासिक वर्ष बन्न पुग्यो। यसै वर्ष म एउटै आरोहण याममा तीनपटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने संसारकै पहिलो र एक मात्र पहिला बन्न सफल भएँ”, उनले जानकारी दिइन्।

यस यात्रामा साथ र हौसला दिने परिवार, साथीहरु र सम्पूर्णलाई धन्यवाद दिँदै श्रेष्ठले आउँदो वर्ष सन् २०२५ अझ नयाँ उचाइहरु र साहकिस यात्राको वर्ष बनोस् भनी शुभकामना व्यक्त पनि दिएकी छिन्।

आरोही श्रेष्ठले यस वर्षको वसन्त ऋतुमा तीन पटक सगरमाथा आरोहण गरेर एकै याममा तीन पटक सगरमाथा आरोहण गरेर विश्वको पहिलो महिला आरोहीको कीर्तिमान बनाएकी थिइन्।

श्रेष्ठले गत मे १२, १९ र २५ तारिखमा लगातार सगरमाथाको आरोहण गरेकी थिइन्। श्रेष्ठ धौलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0