काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन, सामाजिक न्यायको पक्षमा सरकार र राजनीतिक दलप्रति जनताले गम्भीर प्रश्न उठाएको बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार र राजनीतिक दल इमानदार नहुँदा जनताले प्रश्न उठाएको बताएका हुन् ।

‘आदर्शका कुरा हामी गर्छौँ नै तर व्यवहारमा साँच्चै के गरेका छौँ ? नियत र निष्ठ कसको के हो भन्ने कुरा बढो महत्त्व हुँदो रहेछ । निष्ठा र इमानदारिताका साथ भ्रष्टाचारविरुद्ध गएका छौँ त ? सुशासनको पक्षमा छौँ त ? नेपाली जनताले राजनीतिक दल, सरकारबाट त्यो अपेक्षा गरेका छन् त ? गम्भीर प्रश्न चिन्ह छदैछ’, उनले भने । यद्यपि तेस्रोपटक आफू प्रधानमन्त्री हुँदा सुशासनको पक्षमा भ्रष्टाचार र सामाजिक विभेदका विरुद्ध, आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारितापूर्वक काम गरेको दाबी गरे । कार्यक्रममा उनले पत्रकारिता क्षेत्रमा इनफर्मेसन, डिसइनफर्मेसन र मिसइनफर्मेसनको कारण ठुलो चुनौती देखा परेको बताए ।@ratopati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0