१५ पुस, काठमाडौं । सामेबार राति १२ बजेबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य अनिवार्य अवकाशमा जाने भएकी छिन् ।

प्रहरी नियमावली २०७१ अनुसार ५६ वर्षे उमेर हदका कारण उनी आज रातिबाट अनिवार्य अवकाशमा जाने भएकी हुन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत बज्रचार्य अवकाशमा जाने भएसँगै नेपाल प्रहरीमा रिक्त एआईजीको संख्या २ पुगेको छ ।

यसअघि ११ पुसमा अर्का एआईजी भरतबहादुर बोहरा अनिवार्य अवकाशमा गएका थिए । बोहरा ४ पुसमात्रै एआईजीमा बढुवा भएका थिए । बोहरा र बज्राचार्य अवकाशमा गएसँगै रिक्त दुई एआईजीको दरबन्दीका लागि डीआईजीहरुबीच प्रतिस्पर्धा हुने भएको छ ।

एआईजी बढुवाका लागि डीआईजी कुवेर कडायत, चन्द्रकुवेर खापुङ, रवीन्द्र केसी, जनक भट्टराई बढुवाको दाबेदार छन् ।

विद्यमान प्रहरी नियमावलीअनुसार बढुवा दाबेदारहरु मध्ये कडायत, केसी, भट्टराई आउँदो ५ चैतमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँगै ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् । खापुङ भने २०८२ कात्तिक अवकाश हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0