हुन्डाई आयोनिक ५ इभी इलेक्ट्रिक कारले सबैभन्दा धेरै उचाइ र गहिराइमा पुगेर गिनिज वर्ल्ड रेकर्ड कायम गरेको छ। आयोनिक ५ ले सबैभन्दा धेरै उचाइमा रहेको ड्राइभ गर्न सकिने विन्दु पाँच हजार आठ सय दुई मिटरको उचाइसम्मको यात्रा गरेको हो।
कार्यक्रम हुन्डाई मोटर इन्डिया लिमिटेडले आयोजना गरेको थियो। सो यात्रा भारतको सबैभन्दा अग्लो ड्राइभयोग्य प्वाइन्ट समुद्री सतहभन्दा पाँच हजार सात सय ९९ मिटर अग्लो स्थानमा रहेको लेह लद्दाखस्थित उम्लिङ लाबाट सुरु भएर समुद्री सतहबाट तीन मिटर गहिराइमा रहेको केरलाको कुट्टानाड पुगेर टुंगिएको थियो।
आयोनिक ५ मा भएको लचिलोपन, एड्भान्स टेक्नोलोजी र सुपेरियर पर्फमेन्सका कारण यो सबै सम्भव भएको कम्पनीको दाबी छ। यसबाट हुन्डाई आयोनिक ५ ले इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा एक बेन्चमार्क स्थापित गरेको छ।
सो अवसरमा हुन्डाई मोटर इन्डिया लिमिटेडका म्यानेजिङ डाइरेक्टर अन्सु किमले हुन्डाई आयोनिक ५ ले विद्युतीय कारद्वारा सबैभन्दा ठूलो उचाइ परिवर्तनको गिनिज वर्ल्ड रेकर्ड हासिल गरेर इतिहास रचेको बताए। आयोनिक ५ को प्रदर्शनले यसको इन्जिनियरिङ दक्षता र स्थायित्व प्रतिबिम्बित गर्छ।
हुन्डाई आयोनिक ५ अत्याधुनिक ई–जिएमपी प्लेटफर्ममा विकास गरिएको छ। जसमार्फत स्मार्ट मोबिलिटी अनुभवलाई पुनःपरिभाषित गर्ने गरी डिजाइन गरिएको छ।