१९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसदहरूले संसदीय समितिको क्यालेन्डर आवश्यक रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार तथा विकास समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदहरूले क्यालेन्डर बनाएर समितिको कामलाई ब्यवस्थित गर्न आवश्यक रहेको बताएका हुन् ।

माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले कोरम समस्या समाधानका लागि क्यालेन्डर आवश्यक रहेको पनि बताए ।

‘संसदीय समितिको पनि क्यालेन्डर बनाऔं । कोरम समस्या समाधान गर्न पनि सहज हुन्छ,’ बस्नेतले भने, ‘साम्सदले पनि क्यालेन्डर हेरेर आफ्नो कार्यक्रम बनाउन सक्छन् । यसकारण क्यालेन्डर अनिवार्य गरौं ।’

माओवादीका अर्का सांसद माधव सापकोटा सुबोधले पनि क्यालेन्डर आवश्यक रहेको बताए ।

‘क्यालेन्डर सहमतिमा बनाएपछि त्यो पालना नगर्ने साम्सद स्वयम् जिम्मेवार हुनुपर्छ । अन्यथा क्यालेन्डरले सहज बनाउछ, यो बनाऔं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0