१७ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका–१२ भोटेबाहालमा १४ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको छ ।
भोटेबहाल डेरा गरी बस्ने म्याग्दी घर भएकी ८१ वर्षीया पदम कुमारी तुलाजनको कोठामा चोरी भएको हो ।
उनको कोठाबाट ९ तोला सुन र नगद ८० हजार रूपैयाँ गरी करिब १४ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।
दिउँसो कोही नभएको मौकामा चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्नहरू अहिलेसम्म पक्राउ परेका छैनन् ।@onlinekhabar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1