१८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन पूर्वप्रधानमन्त्रीको उपस्थितिमा भ्रष्टाचारका कुन-कुन फाइल खोल्ने भनेर छलफल गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले यस्तो आग्रह गरेका हुन ।

उनले समितिको बैठकमा भनेका छन्, ‘एक जना पूर्वप्रधानमन्त्री यही हुनुहुन्छ । अर्को पूर्वप्रधानमन्त्री अर्को समितिमा आइराख्नुभएको छ । अर्को एक जनालाई पनि बोलाएर यहीँ छलफल गरौं । भ्रष्टाचारको कुन-कुन फाइल खोल्ने हो छलफल गरौं ।’

राज्य व्यवस्था समितिको बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित छन् । अर्का पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा कानुन न्याय तथा मानव अधिकार समितिमा उपस्थित छन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत उपस्थित गराउने र राज्य व्यवस्था समितिमा भ्रष्टाचारको फाइल खोल्नेबारे छलफल गर्नुपर्ने बताएका हुन ।

अन्यथा समाजमा सबै नेताहरू कुनै न कुनै भ्रष्टाचारमा संलग्न रहेको पर्न गएकोले एकीकृत रुपमा समाधान खोज्नुपर्ने बताएका हुन । सरकारमा रहँदा मौन रहने र सरकारबाट बाहिर रहेपछि भ्रष्टाचारको फाइल खोल्ने भन्नेमा शीर्ष नेताहरू समेत देखिएकाले छलफल शीर्ष तहमै हुनुपर्ने आफूलाई लागेको उनले बताए ।

‘बनाउने भए शक्तिशाली आयोग बनाऔं । सबैको सम्पत्ति छानबिन गरौं । हामी सबैको गरौं । बाहिर यो वा त्यो भ्रष्टाचारको फाइल खोल्नुपर्छ नभनिरहौं’, महामन्त्री थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0