१९ पुस, काठमाडौं । लोकसेवा आयोगले मुख्य सचिवको अवधि २ वर्षमा झार्ने प्रस्ताव गरेको छ ।
संघीय निजामती सेवामा यस सम्बन्धी व्यवस्था राख्ने आयोगको प्रस्ताव छ ।
शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव गरेका हुन् ।
‘मुख्य सचिवको अवधि २ वर्ष, सचिवको ३ वर्ष र अतिरिक्त सचिवको अवधि ४ वर्ष कायम गरौं’ लोकसेवा आयोगका अध्यक्ष रेग्मीको प्रस्ताव छ ।
हाल मुख्य सचिवको अवधि ३ वर्ष र सचिवको ५ वर्ष रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1