२१ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरूसँग सम्पत्ति विवरण माग गरेका छन् ।

आइतबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकमा ब्रिफिङ गर्ने क्रममा प्रचण्डले आगामी फागुनभित्र सम्पत्ति विवरणसहित जीविकोपार्जनको आधारसमेत बुझाउन भनेका हुन् ।

‘नेताहरूको सम्पत्ति विवरण र जीविकोपार्जनको आधार फागुनसम्ममा बुझाउनुपर्ने कुरा अध्यक्षले बैठकमा राख्नुभएको छ,’ एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने ।

ती नेताका अनुसार अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा कांग्रेस–एमालेसँग कुनै हालतमा गठबन्धन नगर्ने पनि बताएका छन् ।

त्यस्तै, प्रचण्डले पछिल्लो राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि बैठकमा चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0