२३ पुस,काठमाडौं । काठमाडौं चन्द्रागिरि नगरपालिकामा डेरी तथा दुग्ध पदार्थ अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘फुडल्याब भ्यान’ बाट डेरी क्षेत्रको अनुगमन गरेको हो ।

मोबाइल फुड ल्याब भ्यान सञ्चालन गरी चन्द्रागिरि नगरपालिका क्षेत्रमा रहेका डेरी, बेकरी तथा दुग्धजन्य पसलको निरीक्षण तथा अनुगमन गरिएको विभागले जनाएको छ ।

नगरपालिकाको सहकार्यमा भएको अनुगमनमा बिक्री वितरणमा राखिएका दूधको ७, खुवा १, घिउ ५, पनिर १, दही ३ र महको १ गरी कुल १८ थान नमुना संकलन गरी मोबाइल फुड ल्याब भ्यानमार्फत परीक्षण गरिएको हो ।

निरीक्षण अनुगमन क्रममा एनडीडी कृषि तथा पशुपन्छी फार्म चन्द्रागिरि–१५ मा उपभोग्य मिति गुज्रेका ४ बट्टा दही तथा १ थान लाच्छा पराठा पाइएकामा नष्ट गरेको विभागले जनाएको छ ।

यस्तै पौडेल डेरी चन्द्रागिरि–१२ को खुला दूधको नमूना परीक्षणमा ‘न्यूट्रलाइजर’ पाइएकाले १२ लिटर नष्ट गरी कारबाही गरिएको विभागले जनाएको छ ।

६ पानी उद्योगका ९७ जार नष्ट

यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चन्द्रागिरि नगरपालिका क्षेत्रका विभिन्न ६ वटा प्रशोधित पिउने पानी उद्योगको अनुगमन गरेको छ ।

अनुगमन र निरीक्षणबाट मोबाइल फुडल्याब भ्यान प्रयोग गरी प्रशोधित पिउने पानीका नमुना परीक्षण गरिएको हो ।

निरीक्षण क्रममा पुराना तथा कुच्चिएका जार प्रयोग गरेको पाइएपछि ९७ थान जार नष्ट गरिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0