२८ पुस, काठमडौं । काठमाडौं विश्वविद्यालय (केयू) मा मेडिकल डाक्टरहरूले उपकुलपतिमा आवेदन दिन नपाउने भएका छन् ।
उपकुलपति छनोट समितिले बनाएको कार्यविधि खारेजीको माग राखेर डाक्टरहरू सर्वोच्च अदालत गएका थिए । तर, आइतबार अदालतले अन्तरिम आदेश जारी नुहने फैसला गरेपछि डाक्टरहरूले उपकुलपतिका लागि आवेदन दिन नपाउने भएका हुन् ।
‘प्रधानन्यायाधीशको बेञ्चमा थियो । अन्तरिम आदेश जारी भएन । प्रक्रिया रोक्नु पर्ने कारण देखिएन भनियो,’ केयू स्कूल अफ मेडिकल साइन्स फ्याकेल्टी काउन्सिलका अध्यक्ष प्राडा सुविन्द्र कार्कीले भने, ‘अदालतको आदेशलाई सम्मान गर्छौं । थप छलफल गरेर अगाडि बढ्छौँ ।’
उपकुलपति छनोट समितिले बनाएको कार्यविधिमा असहमति जनाउँदै डाक्टरहरू अदालत गएका थिए ।
कार्यविधिका मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनु पर्ने भनिएको छ । यो व्यवस्थामा मेडिकलको सबैभन्दा ठूलो प्राज्ञिक योग्यता एमडी, एमएस र एमडीएस नसमेटिने डाक्टरहरूको भनाइ छ ।
उपकुलपतिका लागि आवेद दिने समय आजै सकिएको छ । १० दिनको समय दिएर १८ माघमा आवेदन खुलाइएको थियो । ६ माघदेखि उपकुलपति प्राडा भोला थापाको चार वर्षे कार्यकाल सकिन लागेकाले नयाँ उपकुलपति छनोट गर्न लागिएको हो ।