७ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासनलाई उच्च प्राथमिकता दिएर काम गरिरहेका बेला आफूलाई प्रधानमन्त्रीबाट हटाइएको बताएका छन् ।
गोरखा नगरपालिका– ८ आहालेमा रहेको सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा चुर्लुम्म डुबेकाहरूले सरकार ढाल्न दिनरात प्रयास गरेको बताए ।

भ्रष्टाचारमा संलग्न रहेका जो कोहीलाई कारबाही गर्छु भन्दै अडान लिएर अघि बढेपछि आत्तिएर आफू नेतृत्वको सरकार ढालिएको उनको भनाइ थियो ।

उनले तेस्रोपटक प्रधानमन्त्रीका रूपमा देशको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत जनताको सेवा गर्न खोजेको चर्चा गरे । त्यसैकारण बिचौलिया र भ्रष्टहरूले सरकारबाट हटाएको उनले दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0