त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोरमा विजयी सुरुवात गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बिहीबार आर्मीले सुदूरपश्चिम प्रदेशलाई १४ रनले पराजित गर्यो ।

आर्मीले दिएको १११ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ओभरमा ६ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो । उसका लागि मनिषा बोहोराले सर्वाधिक १८ र कविता कुँवरले १६ रन बनाइन् । आर्मीका लागि सुस्मिता भुसालले ३ तथा सीता शाही र लक्ष्मी साउदले समान एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएको थियो । आर्मीका लागि ओपनर सम्झना खड्काले एक्लै नटआउट ७४ जोडिन् । ५७ बल खेलेकी उनले ८ चौका प्रहार गरिन् । अन्यले भने दोहोरो अंकको स्कोर गर्न सकेनन् ।

सुदूरका लागि जानकी थापाले २ तथा आशिका महरा र रेवती धामीले समान एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0