१३ माघ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीको संसदीय दलको बैठकमा हिन्दुराष्ट्रको माग पुनः उठाएका छन् । अध्यादेशमा रहेका विषयवस्तु बारे जानकारी गराउने उद्देश्यले बोलाइएको बैठकमा सांसदहरुले आज धारणा राख्ने कार्यतालिका थिएन ।

यद्यपि, सांसद भण्डारीले आफूले बोल्न समय माग गरेपछि सभापति शेरबहादुर देउवाले धारणा राख्न समय दिएका थिए ।

‘आज फ्लोरबाट कसैले नबोल्ने कार्यसूची बनेको थियो । शंकर भण्डारीले बोल्छु भनेर भनिराख्नु भयो,’ बैठकमा सहभागी एक सांसदले भण्डारीको बोली उद्धृत गर्दै भने, ‘तपाईंहरूले संविधानको छलफल थाल्नुभएको छ । हिन्दुराष्ट्रको मुद्दालाई संविधान संशोधनका बेला बेवास्ता गर्नुभयो भने पार्टी ठीक ठाउँमा रहँदैन ।’

बैठकमा महामन्त्री गगन थापाले अध्यादेशका लागि प्रतिस्थापन विधेयक सच्याएर ल्याउने काम सरकारको भएको बताएका थिए ।

गृहमन्त्री रमेश लेखकले अध्यादेशमा त्रुटी रहेको भए प्रतिस्थापन विधेयकमा सच्चिएर आउने जानकारी गराएका थिए ।

कानुन सुधार कार्यदलका सदस्यहरू अधिवक्ता सेमन्त दाहाल र योजनाविद् प्रताप पौडेलले सुशासनका लागि कानुनहरू संशोधन गरेर गर्नुपरेको जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0