१४ माघ, काठमाडौं । केही दिनअघिसम्म अस्वस्थ भएका प्रधानमन्त्री ओली आज भने सार्वजनिक कार्यक्रममा पनि सहभागी हुँदै छन् । आजका लागि प्रधानमन्त्री ओलीका तीन वटा कार्यक्रम तय भएका छन् ।
प्रधानमन्त्री ओली आज बिहान साढे १० बजे सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा नेपाल प्रशासनिक प्रशिक्षण ललितपुरमा आयोजित कार्यक्रम सहभागी हुँदैछन् ।

आजै दिउँसो १ बजे उनी भक्तपुरको कटुन्जेस्थित सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रममा सहभागी हुने छन् ।

त्यसपछि साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा सहभागी हुने कार्यक्रम छ ।

यसअघि प्रधानमन्त्री ओली अस्वस्थ भएपछि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा सुरुङमार्ग छिचोल्ने र पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिंगे खण्ड स्तरोन्नतीको शिलान्यास गर्न माघ ११ गते प्रधानमन्त्री ओली जाने भनिए पनि अस्वस्थताका कारण गएका थिएनन् । यी दुवै कार्यक्रममा उनी भर्चुअल रुपमा मात्र सहभागी भएका थिए ।

चिकित्सकले उनलाई धेरै दौडधुप नगर्न र आराम गर्न सल्लाह दिएका छन् । तर ललितपुर र भक्तपुरका कार्यक्रम नजिक भएकाले मात्र उनी सहभागी हुन लागेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0