मनसुनी विपद् : बुधबारसम्म १६७ जनाको मृत्यु, ५० जना बेपत्ता

काठमाडौँ — यसवर्षको मनसुनी विपद्‌मा परी गत जेठ २८ देखि बुधबारसम्म १ सय ६७ जनाको मृत्यु भएको छ । विपद्‌मा परी ५० जना बेपत्ता भएका छन् भने ४ हजार २ सय ७२ परिवार विस्थापित भएका छन् ।
मनसुनी विपद् : बुधबारसम्म १६७ जनाको मृत्यु, ५० जना बेपत्ता

गत जेठ २८ गते अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना र बागमती प्रदेशमा ३० जनाको मृत्यु भएको छ । त्यस्तै, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको छ ।

त्यस्तै, काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४४ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ९९ जना घाइते भए । उनीहरुको स्थानीय अस्पतालहरु उपचार भएको छ ।

विपद्‌का कारण कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५० जना बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बाढीका कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ६८ वटा घर, १ सय वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । त्यस्तै, ७ सय ६३ वटा पशु चौपायको मृत्यु भएको छ भने उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार २ सय ७२ घर परिवार विस्थापित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *