काठमाडौँ । सहरी विकास मन्त्रालयले देशभरका विभिन्न स्थानमा ७ वटा स्वास्थ्य भवन निर्माण सम्पन्न गरेको छ । साउनदेखि यता १०० दिनको अवधिमा देशभर ७ वटा स्वास्थ्य भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो ।

यो लक्ष्य १०० दिनभित्रै पुरा गरेको आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलवालले बताए । जसअन्तर्गत सोलुखुम्बुमा जिल्ला जनस्वास्थ्य कार्यलयको भवन, पाँचथरमा लुङरुपा आयुर्वेद औषधालय भवन, डडेल्धुरामा उपक्षेत्रीय अस्पताल भवजन निर्माण गरेको छ ।

यसैगरी तेह्रथुममा इसिबु स्वास्थ्य चौकी भवन र थोुक्लुङ स्वास्थ्य चौकी भवन, धनकुटामा मारेकटहरे स्वास्थ्य चौकी भवन र मूर्तिढुङ्गा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरेको छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0