Author: Admin

पिएन क्याम्पसको २२२ रोपनी जग्गा सरकारीकरण, क्याम्पस परिवार आन्दोलित

पिएन क्याम्पसको २२२ रोपनी जग्गा सरकारीकरण, क्याम्पस परिवार आन्दोलित

समाचार, स्थानिय तह / प्रदेश
पोखरा । देशभरमै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस पृथ्वीनारायण क्याम्पसले भोगचलन गर्दै आएको जग्गा सरकारीकरण भएसँगै क्याम्पस आन्दोलित भएको छ । क्याम्पसले भोगचलन गर्दै आएको कित्ता नम्बर ८३३ को २२२ रोपनी जग्गा मालपोत कार्यालय कास्कीले गएको भदौ २५ गते सरकारको नाममा दर्ता गराएको हो । सोही जग्गा आफ्नो नाममा आउनुपर्ने दाबी क्याम्पसले गरेको छ । भोगचलन र संरक्षणका हिसावले पनि जग्गाको स्वामित्व क्याम्पसकै हुनुपर्ने यथेष्ट प्रमाण आफूहरुसँग भएको भन्दै क्याम्पस परिवारले जग्गा दर्ता तत्कालै खारेज गर्न माग गरेको हो । यसैको दबाब स्वरूप दुई वटा समिति गठन भएको छ । असोज ९ गते बसेको स्टाफ मिटिङबाट क्याम्पस प्रमुखको संयोजकत्वमा प्रशासनिक र कानुनी प्रक्रिया अघि बढाउने समिति र प्राध्यापक सङ्घको सभापतिको अध्यक्षतामा दबाब समिति गठन भएको हो । दुवै समितिले काम सुरु...
कञ्चनपुरमा एक लाख नगदसहित १२ जना जुवाडे पक्राउ

कञ्चनपुरमा एक लाख नगदसहित १२ जना जुवाडे पक्राउ

समाचार
१७ असोज, धनगढी। कञ्चनपुरमा एकलाख बढी रकमसहित प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ । बुधबार राति भिमदत्त नगरपालिका–१४ को बनकट्टीमा स्थानीय अमरसिंह कुवँरको बाझो कुखुरा फार्ममा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१४ बस्ने ३६ वर्षीय राजेन्द्र खाती, ३५ वर्षीय बसन्त कुवँर, ४५ वर्षीय गौरख कुवँर, ५२ वर्षीय रोशन बिष्ट, ५४ वर्षीय मणीराज कुवँर, ३८ वर्षीय शरेबहादुर कुवँर रहेका छन् । यस्तै भिमदत्त नगरपालिका–३ तिलकपुर बस्ने ४२ वर्षीय जगतबहादुर धामी ,३८ वर्षीय राजेन्द्र तिवारी, शुक्लाफाँटा नगरपालिका–३ बस्ने ३४ वर्षीय दिपक बोहरा, धनगढी उपमहानरपालिका–२ बस्ने ४४ वर्षीय पदम भाट, धनगढी–७ बस्ने २९ वर्षीय गौतम बिष्ट र गौरीगंगा नगरपालिका–४ बस्ने ४५ वर्षीय जगतबहादुर धामी रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्...
बुल्गेरिया पठाउँछौँ भनेर ठगेको आरोपमा दम्पती पक्राउ

बुल्गेरिया पठाउँछौँ भनेर ठगेको आरोपमा दम्पती पक्राउ

समाचार
काठमाडौँ । वैदेशिक रोजगारीमा पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौँको बसुन्धराबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–९ घर भएका टंक प्रसाद सुवेदी र निता गौतम सुवेदी छन् । उनीहरू दम्पती हुन् । आरोपीहरूले बुग्लेरिया पठाउँछौँ भनेर ५ लाख ४० हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए । उनीहरूलाई कानुनी कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचलमा बुझाएको छ । @रातोपाटी...
वर्षाबाट ३४ राजमार्गका ८०५ स्थानमा पहिरो,  अझै ३१ स्थानमा अवरोध

वर्षाबाट ३४ राजमार्गका ८०५ स्थानमा पहिरो, अझै ३१ स्थानमा अवरोध

समाचार
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देशभरका ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गएको जनाएको छ । जसअनुसार ७७४ स्थानको पहिरो हटाइ २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सञ्चालन गरिएको मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । अझैसम्म ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा सडक अवरुद्ध रहेको र खुलाउने प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ । @रातोपाटी...
काठमाडौं जोड्ने दुई राजमार्गमा नसोचेको क्षति भयो : भौतिक मन्त्री

काठमाडौं जोड्ने दुई राजमार्गमा नसोचेको क्षति भयो : भौतिक मन्त्री

समाचार
१७ असोज, काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौंलाई अन्य जिल्लासँग जोड्ने मुख्य दुई राजमार्ग पृथ्वी राजमार्ग र बीपी राजमार्गमा कल्पना नगरेको क्षति भएको बताएका छन् । बीपी र पृथ्वी राजमार्ग सूचारु गर्न प्राथमिकताका साथ काम भइरहेको उनले बताएका छन् । मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले प्राकृतिक विपत्तिसँग जुध्न नसकिने भन्दै यससँग सम्झौता गरेरै जानु पर्ने तर्क गरे । अहिले वैकल्पिक सडकहरुबाट यातायात सूचारु गरिएको र त्यहाँ चल्ने सवारी साधनले केही बढी भाडा लिएको भए पनि आँखा चिम्लनु परेको उनले बताए । तर, धेरै नै भाडा लिएको गुनासो आए अनुगमन गरी कारवाही गरिने उनको भनाइ छ । काठमाडौं–मुग्लिन सडक खण्डको झ्याप्ले खोलामा भएको कमजोरीबारे अध्ययन गरी दोषी देखिए कारवाही हुने उनको भनाई छ । यो सडकमा अहिलेसम्म नभएको ठूलो दुर्घटना भएको उनले बताए । @अनल...
भौतिक पूर्वाधार मन्त्रालयको निष्कर्ष : दशैं अगाडि वीपी राजमार्ग खुल्दैन

भौतिक पूर्वाधार मन्त्रालयको निष्कर्ष : दशैं अगाडि वीपी राजमार्ग खुल्दैन

समाचार
१६ असोज, काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ । मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । त्यसको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले भने, ‘दशैं अगाडि खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा हामी पुग्यौं ।’ वीपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डमा मात्र १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ । यो खण्डको लम्बाइ १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको छ र त्यहाँ पहाड काटेर सडक बनाउन सक्ने अवस्था पनि छैन । त्यसैले नदीमा पानीको बहाब कम भएपछि डाइभर्सन गरेर सडक सञ्चालन गर्ने प्रयास हुनेछ । सचिव शर्माका अनुसार अस्थायी रुपमा राजमार्ग सञ्चालन गर्न रोशी खोलाको वारिपारी गर्दै ट्र्याक खोल्न सकिन्छ । तर तीन चार ठाउँमा ख...
बाढी पहिरोबाट क्षतिग्रस्त सडक र पुल पुनर्निर्माण गर्न २५ अर्ब लाग्ने

बाढी पहिरोबाट क्षतिग्रस्त सडक र पुल पुनर्निर्माण गर्न २५ अर्ब लाग्ने

समाचार
काठमाडौँ । सरकारले बाढी पहिरोबाट क्षतिग्रस्त सडक तथा पुलहरु पुनर्निर्माण गर्न करिब २५ अर्ब लाग्ने जनाएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका सम्पूर्ण सडक तथा पुलको संरचना पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने देखिएको जनाएको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्षतिको विस्तृत विवरण सङ्कलनको काम जारी नै रहेकोमा हालसम्मको प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे दुई देखि तीन अर्ब रुपैयाँ लाग्ने देखिएको छ भने क्षति भएका सम्पूर्ण संरचना स्थायी रूपमा पुनर्स्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।’ @रातोपाटी...
राजदेवी मन्दिर डुबानमा

राजदेवी मन्दिर डुबानमा

समाचार
७ असोज, महोत्तरी । महोत्तरीको जलेश्वर–२ स्थित प्रसिद्ध माता राजदेवी मन्दिर बाढीका कारण डुबानमा परेको छ । मन्दिरको गर्भगृहमा चार फिट पानी जमेको छ । पानी जमेकै कारण आज बडा दसैँको घटस्थापनाको दिन माताको प्रतिमा अगाडि जमरा राख्न नसकिएको पूजारी रामप्रित गिरीले बताए । राजदेवी मन्दिरको गुफा, बाहिरी सतह र मन्दिर जाने बाटोसमेतमा पानी जमेको छ । पानीले राजदेवीको प्रतिमा डुबानमा परेको छ । मन्दिर बाहिरका भू–भाग पनि जलमग्न रहेको पूजारी गिरीले जानकारी दिए । पूजारी गिरीले मन्दिरको पछाडिपट्टीको खाली भागमा पूजा अर्चना गरी जमरा राखिएको बताए । उक्त मन्दिर जलेश्वर नगरपालिकाको सबैभन्दा होचो ठाउँमा रहेको कारण बाढी गएको पाँच दिन भइसक्दा पनि पानीको सतह कम नभएको हो । डुबानका कारण बडादसैँको पूजाआजा प्रभावित हुने अनुमान गरिएको छ । पूजा समितिका अध्यक्ष अमितकुमार साहले सबै शक्ति पीठमा बडा दसैँको पूजा अर्चना भइ...
चौकीडाँडा–कालखुंगा खण्डमा १२ किलोमिटर सडक बाढीले नष्ट

चौकीडाँडा–कालखुंगा खण्डमा १२ किलोमिटर सडक बाढीले नष्ट

समाचार
१६ असोज, काठमाडौं । बीपी राजमार्गको चौकी डाँडा–कालढुंगा खण्डमा मात्र १२ किलो मिटर सडक रोशी खोलाको बाढीले बगाएको पाइएको छ । यो खण्डको लम्बाई १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले (बासआउट भएको) बगाएको भौतिक पूर्वाधार सचिव केशवकुमार शर्माले जानकारी दिए । मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘पहाड काटेर सडक बनाउने अवस्था छैन ।’ नदीमा पानीको बहाब कम भएपछि डाइभर्सन गरेर सडक सुचारु गर्ने प्रयास हुनेछ । उनका अनुसार असोज ११ र १२ गते परेको भारी वर्षासँगै आएको बाढी र पहिरोले क्षतिग्रस्त भएका सडकहरुमा अस्थायी संरचनना बनाउन मात्र साढे २ देखि ३ अर्ब लाग्ने अनुमान छ । स्थायी संरचना बनाउन भने २० देखि २५ अर्ब रुपैयाँ लाग्ने प्रारम्भीक अनुमान रहोको उनले बताए । @अनलाइनखबर...
परिवारका सदस्यसहित भुटान पुगे पूर्वराजा ज्ञानेन्द्र शाह

परिवारका सदस्यसहित भुटान पुगे पूर्वराजा ज्ञानेन्द्र शाह

समाचार
काठामाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित भुटान गएका छन् । उनी भुटान एयरलाईन्सको जहाजमार्फत बिहीबार भुटानको थिम्पुु पुगेका हुन् । शाहसँगै उनकी छोरी प्रेरणासहित परिवारका सदस्यहरु शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर तिमल्सिना पनि भुटान गएका हुन् । शाह भुटानको राजधानी थिम्पु पुग्दा भुटानी राजकुमारीले स्वागत गरेकी छन् । शाहको भुटान भ्रमण निजी रहेको शाहका सम्वाद सचिव फणिराज पाठकले जानकारी दिएका छन् । भुटानमा रहँदा उनले धार्मिक क्षेत्र भ्रमण गर्ने र विभिन्न व्यक्तित्वहरुसँग भेटघाट गर्ने बताइएको छ । उनको भुटान भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पूर्वराजा शाह असोज २० गते आइतबार स्वदेश फर्कने बताइएको छ । @रातोपाटी...