अन्तर्राष्ट्रिय

नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर पक्राउ

नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर पक्राउ

अन्तर्राष्ट्रिय, अपराध / प्रशासन, समाचार
१६ वैशाख, काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याललाई पक्राउ गरेको छ । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो । देशभरका यातायात कार्यालयबाट एक लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको घटनामा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । शनिबार पक्राउ परेका भट्ट यातायात व्यवस्था विभागका करारका इञ्जिनियर हुन् । गत पुसमा यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयबाट जारी भएको लाइसेन्सको डाटाबेसबारे अध्ययन गरेको थियो । अध्ययनले ५ वर्षको अवधिमा देशभरका यातायात कार्यालयबाट करिब ७३ हजार नक्कली सवारीचालक अनुमतिपत...
इलाम-२ मा मतगणना ११ बजेदेखि सुरु हुने

इलाम-२ मा मतगणना ११ बजेदेखि सुरु हुने

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
१६ वैशाख, इलाम । इलाम-२ मा ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । गौतम बुद्ध सभागृह (सिटी हल) मा सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना गर्ने सहमति गरेको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएपछि मतगणना सुरु गर्ने निर्णय भएको बताए । निर्वाचन आचारसंहिता र मतगणनासम्बन्धी कार्यविधिलाई टेकेर सहमति गराइएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । शनिबार सबै मतपेटिका नआइपुगेका कारण सर्वदलीय बैठक आज बसेको हो । मतपेटिका संकलन शनिबार राति २ बजेमात्रै सकिएको थियो । मतगणना सिटी हलमै हुनेछ । इलाम-२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोट अनुसार यो ६० प्रतिशत हो । इलाम-२ मा दलका र स्वतन्...
सुनकोसी मरिण डाइभर्सनमा सुरुङ खन्न केही सेन्टिमिटर बाँकी, २६ गते ब्रेक थ्रू

सुनकोसी मरिण डाइभर्सनमा सुरुङ खन्न केही सेन्टिमिटर बाँकी, २६ गते ब्रेक थ्रू

अन्तर्राष्ट्रिय, समाचार, सूचना-प्रविधि
१५ वैशाख, काठमाडौं । सुनकोसी मरिण डाइभर्सन परियोजनामा सुरुङ खन्न एकाध सेन्टिमिटर मात्र बाँकी छ । २६ वैशाखमा विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङ ब्रेक थ्रु गर्नेछन् । सुरुङ ब्रेक थ्रू गर्ने अन्तिम तयारी भइरहेको सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले बताए । कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये एकाध सेन्टिमिटर मात्रै खन्न बाँकी छ । सुरुङ निर्माणको कूल अवधि दुई वर्षको भए पनि त्यसभन्दा धेरै अगाडि झन्डै १९ महिनामा सम्पन्न भएको हो । भौगोलिक जटिलताका कारण केही समय मेसिन नरोकिएको भए अझै चाँडो सुरुङ छिचोलिने थियो । सुरुङ छिचोलिए पनि अन्य आवश्यक काम पूरा गर्न थप एक वर्ष लाग्ने आयोजना प्रमुख बरालले जानकारी दिए । सुरुङ निर्माणका क्रममा सामान्य भौगोलिक जटिलता उत्पन्न भएपछि त्यसलाई समाधान गरेर अगाडि बढेको जानकारी दिँदै आयोजना प्रमुख बरालले भने, ‘ग्राउटिङ...
वेस्टइन्डिजका खेलाडीको स्वागतमा पिकअप भाइरलको वास्तविकता के हो ?

वेस्टइन्डिजका खेलाडीको स्वागतमा पिकअप भाइरलको वास्तविकता के हो ?

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
१२ वैशाख, काठमाडौं । नेपालसँग पाँच टी-२० खेलको सिरिज खेल्न वेस्टइन्डिज ए बुधबार बिहान नेपाल आइपुगेको छ । वेस्टइन्डिज टिम नेपाल आएको समयको एउटा तस्वीर क्रिकेट समर्थकसामू भाइरल रह्यो । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्टइन्डिज खेलाडीको राम्रो स्वागत गर्न नसकेको र उनीहरुको खेलाडीको सामान भ्यानमा राखेको भन्दै आलोचना गरेका छन् । खेलाडीहरुको किट राख्ने भ्यान पनि राम्रो पठाउन नसकेको भन्दै आलोचना गरेका हुन् । खेलाडीलाई स्वागत गर्न गएका क्यानका क्रिकेट म्यानेजर विनोद दासले आलोचना बारे जवाफ दिएका छन् । उनी खेलाडीलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पनि पुगेका थिए । ‘लगेज भ्यानमा नै राख्ने हो, बसमा खेलाडी हुने हो । संसार भरी चल्ने नियम नै त्यहिँ हो, दासले भने, खेलाडीलाई भिभिआईपी सुरक्षा दिन हामी सरकारी निकाय त होईनौं । तर पनि स्कटिङ, लगेज भ्यान र बस थिए ।’ लगेज भ्यान यो भन्दा राम्रो पठाउन सक...
लुम्बिनीका ७ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

लुम्बिनीका ७ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

अन्तर्राष्ट्रिय, राजनीति, समाचार, स्थानिय तह / प्रदेश
१२ वैशाख, बुटवल । लुम्बिनीका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार शहरी विकास तथा खानेपानी मन्त्रालयमा भूमिश्वर ढकाल,आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयमा अर्जुन केसी र सामाजिक विकास मन्त्रालयमा रत्नबहादुर खत्रीलाई जिम्मेवारी दिइएको छ । चारैजना मन्त्री नेकपा एमालेबाट मन्त्री बनेका हुन् । यस्तै भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयमा धर्मबहादुर चौधरी, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयमा खड्ग बस्नेत र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीलाई दिइएको छ । चौधरी नागरिक उन्मुक्तिपार्टी, बस्नेत स्वतन्त्र र अधिकारी एकीकृत समाजवादी पार्टीकी हुन् । यसअघि एमालेबाट चेतनारायण आचार्यले अर्थ मन्त्रालय, माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्...
भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य
भिटामिन ईले मासंपेशी बलियो बनाउने, रगत पातलो बनाउने काम गर्छ । साथै यसले एन्टिअक्सिडेन्टका रुपमा पनि काम गर्छ । रोगप्रतिरोधक क्षमतालाई बलियो बनाउन र शरीरमा हुने विभिन्न एलर्जीबाट जोगाउन पनि यसको महत्वपूर्ण भूमिका हुन्छ । साथै रगतमा खराब कोलेस्टेरोल बढ्न नदिई राम्रो कोलस्टेरोललाई नियन्त्रणमा राख्न मद्दत गर्छ । त्यसैले मानव शरीरका लागि यो भिटामिन अत्यन्त आवश्यक छ । भिटामिन दुई प्रकारका हुन्छन्- पानी घुलनशील र बोसो घुलनशील । पानी घुलनशीलमा भिटामिन बी वान, भिटामिन बी कम्प्लेक्स र भिटामिन सी पर्छ । तर भिटामिन ई चाहिं बोसोमा घुलनशील भिटामिन हो । यो नियमित दैनिक खानपानमा समावेश गर्नुपर्छ । कति चाहिन्छ शरीरलाई ? मान्छेअनुसार यसको आवश्यकता भिन्नाभिन्नै हुन्छ । यसको आवश्यकता उमेरमा भर पर्छ । नवजात शिशुदेखि किशोरावस्थासम्म दैनिक ४ मिलिग्रामदेखि ११ मिलिग्रामसम्म आवश्यक हुन्छ भने वयस्कलाई दैनि...
युक्रेन, इजरायल र इन्डोप्यासेफिक क्षेत्रका लागि ९५ बिलियन डलरको सहायता अमेरिकी संसदबाट पास

युक्रेन, इजरायल र इन्डोप्यासेफिक क्षेत्रका लागि ९५ बिलियन डलरको सहायता अमेरिकी संसदबाट पास

अन्तर्राष्ट्रिय, समाचार
९ वैशाख, काठमाडौं । अमेरिकाको संसदले युक्रेन, इजरायल लगायतका देशहरुलाई सैन्य सहयोग गर्नका लागि ९५.३ बिलियन डलर बराबरको सहायता प्याकेजलाई मन्जुरी दिएको छ । न्यूयोर्क पोष्टका अनुसार तल्लो सदनले अलग–अलग सहयोग प्याकेजलाई मन्जुरी दिएको हो । यो सहयोग प्याकेज अधिकांश प्रत्यक्ष सैन्य सहायतासँग सम्बन्धित छ । तल्लो सदनले पास गरेको सहयोग प्याकेज अब माथिल्लो सदनमा पेश हुनेछ । त्यहाँबाट पनि पास भएर कार्यान्वयन प्रक्रियामा जान अझै करिब एक हप्ता लाग्ने अनुमान छ । अमेरिकी राष्ट्रपति जो बाइडनले सहयोग घोषणाको प्याकेजमा हस्ताक्षर गरेर कानुनी रुप दिने बताएका छन् । बीबीसीका अनुसार अमेरिकाले युक्रेनलाई ६०.८ बिलियन (करिब ६१ बिलियन) डलर बराबरको सहयोग गर्ने छ । यसमा पनि ८० प्रतिशतभन्दा बढी राशी रुससँगको युद्धमा युक्रेनलाई सहयोग गर्ने कुरामा छ । यो सहयोगमा अमेरिकाबाट निर्मित हतियार, गोलाबारुदको आपूर्ति ...
विश्वकपअघि देखिएको नेपालको कमजोरी

विश्वकपअघि देखिएको नेपालको कमजोरी

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि शनिबार भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ । साविकको विजेता नेपाल एसीसी प्रिमियर कपको उपाधि रक्षा गर्दै एसिया कपमा स्थान बनाउने लक्ष्यका साथ ओमान पुगेको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र तयारीले प्रिमियर कप जितेर एसिया कप खेल्ने प्रमुख दाबेदार थियो । तर एसिया कप मात्रै होइन, शनिबार तेस्रो स्थानका लागि हङकङसँग भएको खेलमा ४ विकेटले पराजित भएपछि इमर्जिङ कप समेत गुमाएको छ । समूह चरणमा औसत प्रदर्शन गरेको नेपालले सेमिफाइनलमा यूएई र तेस्रो स्थानका लागि हङकङसँग भएको खेलमा आफ्नो स्तर अनुसार खेल्न सकेन । समूह चरणमा नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेबियालाई ६ विकेटले हराएको थियो । सेमिफाइनलमा नेपालको भेट यूएईसँग भयो । पछिल्लो एक वर्षमा भएका अधिकांश भेटमा नेपाल...
आज महावीर जयन्ती मनाइँदै, को हुन् उनी ?

आज महावीर जयन्ती मनाइँदै, को हुन् उनी ?

अन्तर्राष्ट्रिय, समाचार, समाज
९ वैशाख, काठमाडौं । आज चैत्र शुक्ल त्रयोदशीको दिन २६२३ औं महावीर जयन्ती मनाइँदै छ । नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ । करिब २६ सय वर्षअघि वैशाली गणतन्त्र (हाल भारत बिहारको मुजफ्ररपुर जिल्लाको बसाढ गाउँ) को क्षत्रीय कुण्डलपुरमा बाबु सिद्धार्थ तथा आमा त्रिशलाका तेस्रो सन्तानका रूपमा वर्धमानको जन्म भएको थियो । उनै बर्धमान पछि महावीर स्वामी बनेका थिए । महावीर स्वामी जैन धर्मका प्रवर्तक हुन् । उनी अहिंसाका प्रतीक थिए । उनको जीवन त्याग एवं तपस्याले ओतप्रोत थियो । जुन युगमा हिंसा, पशुबली, जातपातको भेदभाव थियो त्यसै युगमा जन्मिएका महावीरले संसारलाई सत्य एवं अहिंसाको पाठ पढाएका थिए । महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहक...
एक दशकमा पाँच गुणा बढ्यो अस्ट्रेलियामा पीआर नेपाली संख्या

एक दशकमा पाँच गुणा बढ्यो अस्ट्रेलियामा पीआर नेपाली संख्या

अन्तर्राष्ट्रिय, समाचार
९ वैशाख, काठमाडौं। अष्ट्रेलियामा सन् २०२२/२३ मा १२ हजार ४१ नेपालीले स्थायी बसोबास अनुमति पाएका छन्। गृह मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार योसँगै सन् २०२२ को जून मसान्तसम्म अष्ट्रेलियामा स्थायी बसोबास अनुमति पाउने नेपालीको सङ्ख्या १ लाख ५१ हजार १४० पुगेको छ। सन् २०१२ को जून मसान्तसम्म यो सङ्ख्या केवल ३० हजार ७३० जना थियो। १० वर्षमा अष्ट्रेलियामा पीआर पाउनेको सङ्ख्या झन्डै पाँच गुणाले बढेको छ। पछिल्लो वर्ष सबैभन्दा बढी रिजनल एरियामा गएर ४ हजार ३८० जना नेपालीले पीआर पाएका छन् भने ५ हजार आसपासले व्यावसायिक लगानी र इन्नोभेसन अन्तर्गत भिसा पाएका छन्। त्यस्तै, रोजगारदाता स्पोन्सरबाट ७६१ जना, सीपयुक्त आत्मनिर्भर क्याटेगोरीमा २ हजार ७६३ जना, स्टेट र टेरिटोरी नोमिनेसनबाट ३ हजार ३६७, ग्लोबल ट्यालेन्ट अन्तर्गत २६ जना, सहकर्मी मार्फत ६७५ जना र विविधमा ६९ जना नेपालीले उक्त वर्ष पीआर पाएका छन...