समाज

साहित्यकार सुवेदीको निधन

साहित्यकार सुवेदीको निधन

समाचार, समाज
१४ चैत, विराटनगर । विराटनगरका अग्रज साहित्यकार तथा समालोचक दधिराज सुवेदीको निधन भएको छ । क्यान्सर रोगको उपचार गरिरहेका सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान ३ बजे निधन भएको हो । सुवेदीका मोरङको साहित्यिक इतिहास, नेपाली साहित्यका मुस्कानहरु, सौन्दर्य कविता संग्रह, अविरल यात्रालगायत एक दर्जनबढी कृति प्रकाशित छन् । उनले अनेकौं कृतिहरूका समालोचना पनि गरेका छन् । सुवेदी विराटनगरका सामाजिक अगुवा हुन् । विराटनगरले साहित्यिक, सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रको अगुवा गुमाएको साहित्यकार मिनकुमार नवोदितले बताए । सुवेदीको पार्थिव शरीरलाई बुधबार विराटनगरको परोपकार घाटमा अन्त्येष्टि गरिनेछ ।...
गोवामा छोरी हराएको भन्दै खोजी गर्न धनगढीका मेयरले मागे सहयोग

गोवामा छोरी हराएको भन्दै खोजी गर्न धनगढीका मेयरले मागे सहयोग

समाचार, समाज
१३ चैत, धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भारतमा रहेकी आफ्नी छोरी सम्पर्कविहीन भएको भन्दै खोजीका लागि सहयोग मागेका छन् । मेयर हमालले आफ्नी जेठी छोरी आरती सोमबारदेखि भारतको गोवास्थित जोरबा वाइब आश्विन ब्रिजबाट सम्पर्कविहीन भएकी फेसबुकमा उल्लेख गरेका छन् । ‘मेरी जेठी छोरी आरती ओशो साधक हुन्, उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् । हिजोदेखि जोरबा वाइब आश्विन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु’, मंगलबार मेयर हमालले लेखेका छन् । उनले आफ्नी कान्छी छोरी र ज्वाइँ खोजीका लागि गोवा पुगिसकेको पनि उल्लेख गरेका छन् । मेयर हमालले छोरीको खोजी गरिदिन प्रहरी कार्यालयमा भने सूचना दिएका छैनन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उप...
भरुवा बन्दुकसहित सैनामाना र रैनादेवीका ४ व्यक्ति पक्राउ

भरुवा बन्दुकसहित सैनामाना र रैनादेवीका ४ व्यक्ति पक्राउ

समाचार, समाज
बुटवल । भरुवा बन्दुकसहित रुपन्देहीको सैनामैना निवासी २ जना तथा पाल्पा रैनादेवी छहराका २ गरी ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पक्राउ पर्नेमा सैनामैना नगरपालिका–५ घर भएका ३१ वर्षीइ सन्तोष राना, सैनामैना–१० का ४१ वर्षीय सुकई थारु, पाल्पा रैनादेवी छहरा गाउँपालिका–७ का ५६ वर्षीय विनोद थापा र सोही ठाउँका वुद्धबहादुर भन्ने २४ वर्षीय रमेश कुमाल रहेका छन् । रैनादेवी छहरास्थित अस्थाई प्रहरी पोष्ट बेलबासबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ शंका लागि चेकजाँच गर्ने क्रममा सैनामैनाका सुकई थारु र सन्तोष राना तथा रैनादेवीका विनोद थापाको साथबाट बन्दुकमा प्रयोग हुने गोलीका छर्रा र बारुद बरामद गरिएको प्रहीले जनाएको छ । नियन्त्रणमा लिएर उनीहरुलाई सोधपुछ गर्ने क्रममा रैनादेवीकै बुद्धबहादुरको घरमा बन्दुक भएको बयानका आधारमा प्रहरीले खानतलासी गर्न पुगेको थियो । सो...