समाज

उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ

उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ

समाचार, समाज
२३ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभरिका उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ गर्न सुरु गरेको छ । १ अप्रिलदेखि भारतको खुला बजारबाट रातिको समयमा विद्युत् आयात बन्द भएपछि प्राधिकरणले उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ गर्न थालेको हो । कुनै–कुनै क्षेत्रमा १५ घण्टासम्म पनि लोडसेडिङ भइरहेको हो । भारतले मार्च अन्तिममा विद्युत् आयातसम्बन्धी सम्झौता नवीकरण गर्दा खुला बजारबाट दिनको समय मात्रै विद्युत् आयात गर्न पाउने किसिमको व्यवस्था गरेको छ । रातको समयमा नेपालले ग्यासबाट उत्पादित विद्युत् मात्रै आयात गर्न पाउँछ, जुन खुला बजारभन्दा महँगो पर्न जान्छ । ग्यासबाट उत्पादित विद्युत् प्रतियुनिट ८ देखि १० भारुसम्म पर्छ । महँगोमा विद्युत् आयात गरेर नेपालमा वितरण गर्नुभन्दा प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ गरेको हो । ‘भारतबाट राति विद्युत् किन्दा महँगो पर्ने भन्दै मुलुकलाई ...
नेपालको वायुको गुणस्तरमा सुधार हुँदै

नेपालको वायुको गुणस्तरमा सुधार हुँदै

समाचार, समाज, स्वास्थ्य
रासस -भीष्मराज ओझा काठमाडौँ । विगतका वर्षमा हिउँदे याममा काठमाडौँलगायत मुलुकका प्रमुख सहरमा वायु प्रदूषण बढेको देखिन्थ्यो । विसं २०७७ पुस २० गते काठमाडौँलगायत सहरको वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि वातावरण विभागले घर बाहिर निस्कँदा नागरिकलाई सजगता अपनाउन प्रेस विज्ञप्ति जारी गर्दै अपिल नै गर्नुपरेको थियो । तर पछिल्लो केही वर्षयता भने वायुको गुणस्तरमा तुलनात्मक सुधार देखिन थालेको छ । वायुमा मानव स्वास्थ्य र वातावरणलाई नकारात्मक असर पुर्याउने वस्तुहरू तोकिएको सीमाभन्दा बढी मात्रामा मिसिनु नै वायु प्रदूषण हो । वायु प्रदूषण मानवीय र प्राकृतिक दुवै कारणले हुन सक्दछ । विभागका अनुसार सन् २०२१ पछि नेपालमा वायुको गुणस्तरमा सुधार देखिएको छ । वायु प्रदूषणका प्रमुख कारक कम हुँदै गएपछि वायुको गुणस्तरमा सुधार देखिएको विभागका सूचना अधिकारी दीपक ज्ञवालीको भनाइ छ । “सन् २०२१ मा वायु प्रदूषण ह्वात...
वैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी

वैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी

समाचार, समाज
काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै रविविरुद्ध उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रराज जोशीले जिल्ला अदालतको अनुमति लिएर पक्राउ पुर्जी जारी गरिएको बताए । चैत २० गते ओडकी श्रीमतीले प्रहरीमा किटानी उजुरी दिएकी थिइन् । सोही दिन अदालतले पनि पक्राउ पुर्जीको अनुमति दिएको थियो । पक्राउ पुर्जी जारी भएपछि गायक ओडको खोजीलाई तीव्र पारिएको र उनी हुनसक्ने ठाउँमा पत्राचार समेत गरिएको जनाए । ‘हामीले उहाँ हुनसक्ने ठाउँमा पत्राचार समेत गरेर खोजी तीव्र पारेका छौं,’ डीएसपी जोशीले भने । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत ओडकी श्रीमतीले जाहेरी दिएकी हुन् । ओडले २०७५ पुस ६ गते नेपाल आइडलको दोस्रो सिजनको उपाधि जितेका थिए । ओडको ...
आजको राशिफल : २०८० चैत २३ गते (शुक्रवार)

आजको राशिफल : २०८० चैत २३ गते (शुक्रवार)

समाज
आजको राशिफल : २०८० चैत २३ गते (शुक्रवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यले विभिन्न अवसर जुराउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ । मनखुसी र प्रसन्न पनि रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ । सवारी साधन खरिद गर्ने योग छ । आज पहेँलो रङ्गको पहिर गर्नाले विभिन्न समस्याबाट जोगाउन सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनुहोस् । जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला, साँझमा शुभ समाचार भने मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्मकर...
धनगढीमा प्रहरी जवान मृत भेटिए

धनगढीमा प्रहरी जवान मृत भेटिए

समाचार, समाज
२२ चैत, धनगढी । धनगढीमा एक जना प्रहरी जवान मृत भेटिएका छन् । दार्चुलाको शैल्यशिखर-९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरुज विक धनगढी उपमहानगरपालिका-७ स्थित मनेहरा सामुदायिक वनमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीका अनुसार बिक बुधार साँझ जामुनको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनी बझाङबाट बिदा लिएर धनगढी आएको खुलेको प्रहरी निरीक्षक कार्कीले बताए । बिकको परिवार धनगढीमा बस्दै आएको थियो ।...
गर्भवती आमालाई कुनै दीर्घरोग भए गर्भको बच्चालाई सर्छ ?

गर्भवती आमालाई कुनै दीर्घरोग भए गर्भको बच्चालाई सर्छ ?

समाज, स्वास्थ्य
गर्भवती आमालाई कुनै दीर्घरोग भए गर्भको बच्चालाई सर्छ ? डा. कीर्तिपाल सुवेदी गर्भावस्थामा कुनै दीर्घरोग लागेमा गर्भको बच्चामा सो रोग सर्न सक्छ ? स्वभाविक चासोको विषय हो यो । किनभने गर्भावस्थामा उच्च रक्तचाप, मधुमेह, थाइराइड गडबडी जस्ता समस्या देखा पर्न सक्छन् । खासगरी गर्भवती आमालाई वंशाणुगत रोग भएमा त्यो बच्चामा सर्न सक्छ । थालासेमिया, हेमोफिलिया, एचआईभी एड्स, थाइराइड गडबडी जस्ता समस्या भएमा तिनका शिशुमा पनि उक्त समस्या आउन सक्छ । उच्च रक्तचाप, मधुमेह, हृदयघात, मुटुरोग र क्यान्सर पनि बच्चालाई सर्न सक्छ । तर गर्भवतीलाई कुनै किसिमको वंशाणुगत रोग छैन भने शिशुमा त्यस्तो कुनै खतरा हुँदैन । गर्भावस्थामा यी नौ किसिमको वंशाणुगत समस्या भएपछि जन्मिने शिशुमा सो रोग देखापर्न सक्छ । हेमोफिलिया गर्भवती आमालाई हेमोफेलिया भएमा गर्भमा रहेको बच्चालाई हुनसक्छ । हेमोफिलिया रगत जम्ने प्रक...
दोहोरियो एउटै प्रश्न, त्रिविको लापरबाही

दोहोरियो एउटै प्रश्न, त्रिविको लापरबाही

समाचार, समाज
२० चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागको लापरबाही दोहोरिएको छ । सञ्चालन भइरहेको स्नातकोत्तर चौथो सेमेष्टरअन्तर्गत अर्थशास्त्र विषयको प्रश्नपत्रमा एउटै प्रश्न दुई ठाउँ सोधिएको छ । पब्लिक इकोनोमिक विषयको प्रश्नपत्रमा एउटै प्रश्न ८ र ९ नम्बरमा सोधिएको छ । यो निवर्तमान विभागीय प्रमुख प्रा.डा. शिवराज अधिकारीले पढाउने विषय हो । १३ चैतमा सञ्चालन भएको परीक्षाको प्रश्न दोहोरिएको र एउटै पाठबाट धेरै वटा प्रश्न सोधिएको विद्यार्थीहरू बताउँछन् । एक विद्यार्थी भन्छन् ‘त्रिविको लापरबाहीको शिकार हामी भइरहेका छौं ।’ गत वर्ष भएको परीक्षामा पनि यही विषयको प्रश्नपत्र अघिल्लो वर्षको हुबहु थियो । त्यो बेला विभागीय प्रमुख अधिकारी थिए भने पब्लिक इकोनोमिक उनले नै पढाउँथे । प्रश्नपत्र निर्माण गर्ने विषयमा भएको लापरबाहीबारे कारबाही हुनुपर्ने माग राख्दै विद्यार्थीले आन्दोलन गरेप...
आजको राशिफल : २०८० चैत्र १६ गते (शुक्रवार)

आजको राशिफल : २०८० चैत्र १६ गते (शुक्रवार)

समाज
आजको राशिफल : २०८० चैत्र १६ गते (शुक्रवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनसक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम बिगार्नेको सक्रिय रहने देखिन्छ । नियमित खर्चसमेत बढ्ने योग छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयदेखि रोकिए...
पाल्पामा घाँटी रेटी युवतीको विभत्स हत्या, भैरहवाबाट कुकुर लगी अनुसन्धान सुरु

पाल्पामा घाँटी रेटी युवतीको विभत्स हत्या, भैरहवाबाट कुकुर लगी अनुसन्धान सुरु

समाचार, समाज
बुटवल । पाल्पामा एक युवतीको घाँटी रेटेर विभत्स ढंगले हत्या भएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा हत्या भएको अवस्थामा मँगलबार साँझ युवतीको शव फेला परेको हो। मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारीलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा भेटीएको स्थानीयले बताएका छन्। दिउँसो ४ बजे घरबाट नजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी अबेर साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा बीभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा शव भेटिएको स्थानीयले बताए । रिब्दीकोट गाउँपालिका वडा नं १ ख्याहाका वडाध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार मृतक १९ वर्षीया पद्मा ख्याहा कराङ्दीका दल बहादुर र कमला सुनारकी छोरी हुन्। उनी शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्। ‘उनको घाँटी र हातका औलाहरू काटिएका छन्, घटनास्थलको प्रकृती हेर्दा पद्मालाई जबर...
कञ्चनपुरमा खैराे हेराेइनसहित दुई भारती युवक पक्राउ

कञ्चनपुरमा खैराे हेराेइनसहित दुई भारती युवक पक्राउ

समाचार, समाज
१४ चैत, धनगढी । कञ्चनपुरमा लागुऔषध खैराे हेराेइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । बुधबार बिहान पुनर्बास नगरपालिका-११ डोके बजारबाट भारतकाे बहराइच नानपारा उत्तर प्रदेशका १९ वर्षीय सञ्जय बालमिक र शाहजपुर जिल्ला उत्तर प्रदेशका १९ वर्षीय अर्जुन बालमिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जनालाई शंका लागेपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाे अनुसन्धान समूह (पीआईटी) र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त टाेलीले चेकजाँच गरेको थियो । त्यस क्रममा उनीहरूकाे साथबाट एक ग्राम ७१० मिलिग्राम खैराे हेराेइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ । दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...