काठमाडौं । दशरथ रंगशालाको विकल्पको रुपमा निर्माण गरिएको च्यासल रंगशाला गत असोजमा परेको अविरल वर्षापछि आएको बाढीले क्षतीग्रस्त बनेको छ । गत असोज दोस्रो साता परेको अविरल वर्षापछि च्यासल रंगशाला पोखरीमा परिणत भएको छ । बाढीका कारण मैदान भत्किनुका साथै अन्य भौतिक संरचनाहरुमा समेत क्षति पुगेको छ ।

क्षति विवरण संकलनका लागि समिति गठन गरिएको र समितिले स्थलगत अध्ययनपछि विवरण बुझाएपछि पुनर्निर्माण प्रक्रिया अगाडि बढ्ने नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले बताए । फिफाको फुटबल विकास परियोजनाको सहयोगमा सन् २००२ मा जग राखिएको च्यासल रंगशाला सन् २०१७ मा राखेपको स्वामित्वमा गएको थियो ।

मैदानमा सहिद स्मारक ‘ए’ डिभिजन लिग भए पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेको छैन ।सामान्यवर्षामासमेतपोखरीबन्नेभएकैकारणपनिएन्फालेच्यासलमैदानकोअन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न नसकेको हो ।रंगशाला सरकारले करोडौं लागनी गरेर बनाएको मनसुनको बेला लगातार बाढी पस्ने गरेको छ । साफ यू–१६ महिला च्याम्पियनसिपका खेल च्यासल मैदानमा गर्ने भनिएपनि पछि सारेर एन्फामा गरिएको थियो ।

बागमती करिडोरको मापदण्डका कारण छेउ खोला साइडमा प्याराफिट बनाउन नसक्नु र बर्षेनी बाढीको चपेटामा पर्दा रंगशालाको भविष्य नै अन्योलनमा परेको छ ।हिजोआज मैदानको अवस्था नाजुक छ । मुख्य प्रवेशद्वारबाटै छिरेको बाढीले मैदानको घाँसमा क्षति पुगेको छ । मनोहरा खोलाले ल्याएको बाढीका कारण हिलो र फोहोर मैदानमा जमेको छ । तर हालसम्म सरसफाइ र क्षतिको विवरण संकलन गरिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0