काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से)मा २५.८८ अंकको वृद्धि देखिएको छ । आइतबार र सोमबार उच्च अंकले घटेको बजार आज दोहोरो अंकले बढेको हो ।

यसैगरी मंगलबार परिसूचकमा तीव्र उतारचढाव देखियो । २६४० बिन्दुबाट सुरु भएको बजार केही क्षणमै २६६९ बिन्दुमा उक्लिएको थियो । त्यसपछि पनि तीव्र उतारचढाव देखिएको बजार अन्ततः २६६५.८१ बिन्दुमा पुगेर रोकिएको छ ।
परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । आज कुल १ करोड ९ लाख ६२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १७ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ ।

सोमबार ५ अर्ब ९० करोडको कारोबार भएको थियो ।
मंगलबार १९९ कम्पनीको सेयर मूल्य बढेको छ । ४० कम्पनीको घट्दा ५ कम्पनीको स्थिर रह्यो । आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ । सबैभन्दा धेरै फाइनान्स उपसमूह ३ प्रतिशले बढ्यो । त्यसैगरी उत्पादन तथा प्रशोधन उपसमूहको सूचक २.१४ प्रतिशतले बढेको छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0