७ कात्तिक, काठमाडौं । काठमाडौंको कोटेश्वरबाट लगेर ललितपुरको चाल्नाखेलमा बन्धक बनाइएकी महिलाको उद्दार गरिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, ललितपुरको संयुक्त टोलीले ती महिलालाई उद्दार गरेको प्रहरीले जनाएको छ । पीडित महिला गर्भवती समेत रहेकी छन् ।

वैदेशिक रोजगारीमा पठाइदिने भनेर लिएको १६ लाख रुपैयाँ फिर्ता नदिएको भन्दै उनलाई बन्धक बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रहरीले यसमा संलग्न एक महिलालाई पनि नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार, लेनदेनको विषय जोडिएपछि दुवैलाई ल्याएर सोधपुछ गरिनेछ ।

त्यसपछि यसमा कारबाही प्रक्रिया कसरी अघि बढ्छ भन्ने निर्क्यौल हुने प्रहरीले बताएको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0