काठमाडौँ । अस्ट्रेलिया पठाउँछु भनेर १७ लाख ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका–८ जीवनपुर घर भएका किशोर गर्तौला छन् ।

२४ वर्षीय गर्तौलालाई दरबारमार्गबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले रातोपाटीलाई बताए ।

आरोपीले अस्ट्रेलिया पठाउँछु भनेर १७ लाख रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनलाई कानुनी कारबाही गर्न प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0