ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु

१८ वैशाख, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

घाइते भएका शंकर पहरीको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

मंगलबार दिउँसो डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका थिए ।

ललितपुरको गोदावरी नगरपालिका– ६ आनन्द वनमा पनि डढेलो फैलिंदा कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *