२८ पुस, काठमाडौं। आदिवासी जनजाति आयोगले संघीय निजामती सेवामा जनसंख्याको आधारमा आरक्षण खोजेको छ ।

संघीय निजामती सेवा बिधेयकमाथिको छलफलमा भाग लिदै आदिवासी जनजाति आयोगले आयोगका अध्यक्ष रामबहादुर थापा मगरले जनसंख्याको आधारमा आरक्षण खोजेका हुन् ।

राज्य व्यवस्था समितिमा संघीय निजामती सेवा बिधेयकमाथी दफावार छलफल चलिरहेको छ। आइतबार समितिले विधेयकका सम्बन्धमा विभिन्न संवैधानिक आयोगका प्रतिनिधिहरुसँग छलफलमा बोलाएको हो। छलफलमा भाग लिदै अध्यक्ष मगरले यस्तो माग गरेका हुन्।

‘आन्दोलन गर्ने अलिकति दिए जस्तो गर्ने प्रवृत्ति छ। महिलालाई माता भन्ने, आदिवासी जनजातीलाई धर्ती पुत्र भन्ने तर राज्यमा प्रतिनिधित्व नदिने प्रवृत्ति छ । यसलाई तोड्नुपर्छ’ अध्यक्ष मगरको माग छ।

मधेसी आयोगले पनि जनसंख्याकै आधारमा प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने बताएको छ। निजामती सेवामा समावेश गर्नुपर्ने विषयलाई २३ बुँदामा समेटेर राज्य व्यवस्था समितिलाई बुझाउँदै आयोगले यस्तो माग गरेको हो ।

आयोगका अध्यक्ष जीवछ साह भन्छन्, ‘निजामती सेवामा आरक्षण २०७८ सालको जनसंख्याको आधारमा सुनिस्चित गरिनुपर्छ।’ आरक्षण भित्र पनि आरक्षण राख्नुपर्ने उनको प्रस्ताव छ। उनी भन्छन्, ‘महिलाको आरक्षणमा पनि मधेसी महिला आरक्षण हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0