२५ भदौ, काठमाडौं। काठमाडौंका दुई फरक ठाउँमा दुई वटा शव भेटिएका छन् ।

काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेस्ट हाउसमा एक जना र कीर्तिपुरमा एक जना गरी दुई जनाको शव भेटिएको हो ।

निलगिरी गेस्टहाउमा सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशी कुमार लाल कर्णको शव भेटिएको छ । उनी गेस्टहाउसभित्रै मृत फेला परेका हुन् ।

त्यसैगरी कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित बाग्मती नदी किनार छेउमा नामथर तथा वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0