३० कात्तिक, काठमाडौं । आपराधिक पृष्ठभूमिका व्यक्तिहरू प्रयोग गरेर लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा व्यवसायीमाथि रड प्रहार गरिएको घटनामा सातजनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

नुवाकोटका अजय लामा, मार्सल भनिने शैलेन्द्र तामाङ, दीपक बरामु, निश्चल सुनार, लक्ष्मी राई, रमेश सिलवाल र सिजल अधिकारीलाई ज्यान मार्ने उद्योगको कसुरमा प्रतिवादी बनाउँदै जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय, काठमाडौंले गरेको अनुसन्धानपछि तयार रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिलले सोमबार अदालतमा मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ ।

आरोपीहरूमध्ये अधिकारी, सुनार र तामाङ मात्र पक्राउ परेका छन् । अन्यको खोजी भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

नुवाकोटको ककनी गाउँपालिका–६ का ३५ वर्षीय घरजग्गा व्यवसायी विक्रम लामामाथि ११ कात्तिकमा आक्रमण भएको थियो ।

पक्राउ परेका तामाङले अजय लामाले आक्रमण गर्न भनेपछि आक्रमण गरेको प्रहरी समक्ष बताएका थिए । तामाङ यसअघि समेत ज्यान मार्ने उद्योगको कसुरमा पक्राउ परेर छुटेका व्यक्ति हुन् ।

नुवाकोटकै गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङको समूहमा रहेका तामाङसहित ७ जनाविरुद्ध त्यतिबेला ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0