६ कात्तिक, काठमाडौं । संघीय संसद अन्तर्गतको विषयगत समितिको बैठक खर्च बढाइने भएको छ । संघीय संसदमा प्रतिनिधिसभाका १०, राष्ट्रियसभाका ४ र दुई वटा संयुक्त समिति छन् ।

यी प्रत्येक समितिले बैठक खर्चबात पाँच हजार रुपैयाँ पाउँछन् । यति रकमले चिया र खाजा खान समेत नपुगेको भन्दै समितिका सभापतिहरूले गुनासो गर्दै आएका थिए ।

मंगलबार सभामुख, उपसभामुख, राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसहितको छलफलमा संसदीय समितिका सभापतिहरूले चिया र खाजाका लागि समेत आवशयक रकम नरहेको भन्दै बैठक राख्नमा समस्या भएको बताएका थिए ।

त्यसपछि संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले संसदीय समितिको बैठक खर्च केही बढ्ने जानकारी गराए । अर्थ मन्त्रालयसँग निरन्तर छलफल गरेपछि संसदीय समितिलाई बैठक राख्दा चिया र खाजा खुवाउन पुग्ने बजेट आएको बताए ।

महासचिव पाण्डेयका अनुसार अब बस्ने संसदीय समितिले प्रति बैठक, बैठक खर्च साढे ७ हजार प्राप्त गर्नेछन् ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0