वासिङटन डीसी । अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट सो पदकी उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्पलाई फाँसीवादी भनेकी थिइन् । कमला ह्यारिसले आफ्ना प्रतिद्वन्द्वीहरू फासिस्ट भएको आफूलाई लागेको र उनीहरूले अनियन्त्रित शक्ति चाहेको बताएकी थिइन् ।

कमला ह्यारिसलाई सीएनएनको कार्यक्रममा ट्रम्प फाँसीवादी हुन भनेर उनका पूर्व सहयोगीको भनाइप्रति सहमत छिन् भनेर सोधिएको थियो । यसको उत्तरमा ह्यारिसले ‘म सहमत छु’ भनेकी थिइन् । अब पूर्व राष्ट्रपति तथा आगामी निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म टुथमा कमला ह्यारिसको फाँसीवादी भनाइप्रति प्रतिक्रिया दिएका छन् ।

‘उनले आफ्नो बयानबाजीलाई यति हदसम्म बढाइरहेकी छिन् कि उनी मलाई एडोल्फ हिटलर जस्तो भनेर मेरोबारे आफ्नो दिमागमा जे आउँछ त्यही भनिरहेकी छिन्,’ ट्रम्पले भनेका छन् । ट्रम्पले ह्यारिसलाई ‘कमरेड कमला ह्यारिस’ भन्दै उनलाई लोकतन्त्रका लागि खतरा भने ।

@एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0