८ कात्तिक, काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवणकुमार रावलको हृदयाघातका कारण निधन भएको छ ।

बुधबार राति उपचारका लागि भक्तपुरको नागरिक अस्पतालमा भर्ना भएको रावलको बिहीबार बिहान निधन भएको हो ।

नेपाल बीमा प्राधिकरण र नेपाल बिमक संघको संयुक्त आयोजनामा काठमाडौंका सोल्टी होटलमा भइरहेको अन्तर्राष्ट्रिय समावेशी बीमासम्बन्धी सम्मेलनमा सहभागी भएका रावलको स्वास्थ्यमा बुधबार राति एक्कासि समस्या देखिएको थियो । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका रावलको उपचारकै क्रममा निधन भएको हो ।

परिवामा उनको श्रीमती, एक छोरा र एक छोरी छन् । अस्ट्रेलियमा रहेका छोरा नेपाल फर्किएपछि उनको अन्त्येष्टि हुने पारिवारिक स्रोतले जनाएको छ ।

बीमा क्षेत्रमा २ दशकभन्दा लामो अनुभव रहेको उनले नेको इन्स्योरेन्स, तत्कालीन सगरमाथा इन्स्यारेन्सको उच्च व्यवस्थापनमा काम गरे भने प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका थिए ।

उक्त इन्स्योरेन्स आईएइमई जनरलमा मर्जर भएपनि बनेको आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा उनले नायब प्रमुख कार्यकारी अधिकृत बने । पछि युनाइटेड र अजोड इन्स्यारेन्स मर्जर भएर बनेको युनाइटेड अजोडको सीईओ बनेका उनी अहिले पनि सोही संस्थाको व्यवस्थापकीय नेतृत्व गर्दै आएका थिए ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0