काठमाडौँ । प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ९ जनालाई पक्राउ गरेको छ । मकवानपुर, कञ्चनपुर, कैलाली लगायतका जिल्लाबाट ९ जना पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित जङ्गल छेउबाट करिब १ सय ५ किलोग्राम गाँजासहित सोही उपमहानगरपालिका–३ बसामाडी बस्ने २४ वर्षीय पन्चलाल थिङलाई बुधवार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको प्रदेश ०१–०२५ च ७८७१ नम्बरको योद्धा पिकअप गाडीलाई जाँच गर्ने क्रममा ३ वटा बोराभित्र १० वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारी गाडीमा सवार उनलाई पक्राउ गरिएको हो र

त्यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ स्थित कारागार सुरक्षा गार्ड कञ्चनपुरमा थुनुवा भेट्न आएका भिमदत्त नगरपालिका–८ बस्ने २२ वर्षीय तेजेन्द्र महरालाई ३ ग्राम ४० मिलिग्राम चरेससहित बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले ल्याएको स्याउको दानाभित्र लुकाई ल्याएको उक्त पदार्थ फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरकै भिमदत्त नगरपालिका–१८ भगतपुरस्थित सडकबाट २ ग्राम ६० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँ बस्ने ३० वर्षीय दिनेश कठायतलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उता, कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियास्थित सडकबाट १ ग्राम २ सय ३० मिलिग्राम खैरो हेरोइनसहित चुरे गाउँपालिका– ३ बस्ने २१ वर्षीय नीराजन शाहलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलालीकै चुरे गाउँपालिका–३ खानी डाँडाबाट २ ग्राम ७ सय ९० मिलिग्राम खैरो हेरोइनसहित डोटी जोरायल गाउँपालिका–२ भट्टेखोला बस्ने २४ वर्षीय दीपक विष्ट र २४ वर्षीय गोविन्द विष्टलाई प्रहरीले

पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट खानी डाँडाबाट खटिएको प्रहरीले धनगढीबाट बैतडी जान लागेको सु.प.प्र.०१ ००१ ज १४३४ नम्बरको जिपमा सवार उनीहरूलाई उक्त पदार्थ सहित बुधवार पक्राउ गरेको हो ।

सोह जिल्लाको टिकापुर नगरपालिका–२ बिजयनगर बस्ने २३ वर्षीय मखन चौधरीलाई पनि खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ । ४३ ग्राम ५० मिलिग्राम खैरो हेरोइनसहित बुधवार दिउँसो प्रहरीले उनलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरिएको जनाकारी दिएको छ ।

उता, सर्लाहीको मलंगवा नगरपालिका–११ स्थित सडकबाट करिब १० किलोग्राम लागुऔषधसहित हरिपुर नगरपालिका–१ बस्ने २२ वर्षीय सुलिन्द्र महतो कोइरीसमेत २ जनालाई बुधवार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले प्रदेश २–०३–०२२ प ०७६१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । उल्लेखित सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0