काठमाडौँ । देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।

इलाम, फाकफोकथुम गाउँपालिका-७ गुरुदय बस्ने ५२ वर्षीया विष्णु माया लिम्बु आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

सल्यान, दार्मा गाउँपालिका-६ पोखरीडाँडा बस्ने ६५ वर्षीय पर्शु खत्री सोही ठाउँस्थित बाटो छेउमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

काभ्रे, नमोबुद्ध नगरपालिका-७ पुजारी टापु बस्ने ७४ वर्षीय बल बहादुर श्रेष्ठ आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाही, हरिवन नगरपालिका-९ नयाँरोडस्थित हवाईट हाउस होटलको कम्पाउण्डभित्र सोही नगरपालिका-८ बस्ने ४६ वर्षीय रामबहादुर थापा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0